Logo

राजस्व विभागको भिसीटीएस प्रणाली २ दिन बन्द हुने, यस्तो छ कारण

राजस्व विभागको भिसीटीएस प्रणाली २ दिन बन्द हुने, यस्तो छ कारण



काठमाडौं । राजस्व अनुसन्धान विभागको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस) प्रणाली दुई दिन अवरुद्ध हुने भएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै सोमबार राती ९ बजेदेखि बुधबार बिहान ७ बजेसम्म उक्त सिस्टम बन्द हुने जनाएको हो ।

laxmi

विभागबाट सञ्चालनमा रहेको भिसिटिएसको सर्भर तथा प्रणालीको मर्मत तथा स्तरोन्नतिका लािग भन्दै विभागले सोमबारदेखि बुधबार बिहान ७ बजेसम्म सो प्रणाली बन्द हुने बताएको हो ।

यसका साथै उल्लेखित समय भन्दा बाहेक छुट्ने सबै मालवाहक सवारी साधनले अनिवार्य रुपमा भिसिटिएस प्रविष्ट गर्न समेत विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL