Logo

बालकोट बैठकमा जुट्यो प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

बालकोट बैठकमा जुट्यो प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति



काठमाडौं । आज एमाले अध्यक्ष केपी ओली निवास बालुवाटारमा भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

यसअघि गठबन्धन रहेको कांग्रेस माओबादीबीच छलफल नजुटेपछि प्रचण्डलगायतका अन्य नेताहरु बालकोट पुगेका थिए । प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको माओवादी नेता बर्षमान पुनले जानकारी दिए ।

उनले १ सय ६६ सांसदको समर्थन जुटेपछि प्रचण्डको नेतृत्वमा सरकार गठन हुने निश्चित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL