Logo

स्थानीयवासीका लागि सुपर मादी हाइड्रोपावरको आइपिओ खुला, कहिलेसम्म दिने आवेदन ?

स्थानीयवासीका लागि सुपर मादी हाइड्रोपावरको आइपिओ खुला, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १२ लाख ६० हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) स्थानीयका लागि बिक्री खुला गरेको हो ।

आयोजनाले प्रभाव पार्ने कास्की जिल्लाको मादी गाउँपालिका १ र २ का स्थानीयका लागि तीन लाख १५ हजार कित्ता तथा सोही गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिकाको २६, २७ र २८ वडाका स्थानीय बासिन्दाका लागि सात लाख ३५ हजार कित्ता शेयर निष्कासन हुने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

त्यस्तै श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई भने कम्पनीले दुई लाख १० हजार कित्ता शेयर निष्कासन गरेको छ । स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले आगामी पुस ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे पुस २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले एनसिसी बैंक, कुमारी बैंक तथा माछापुच्छ«े बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको आयोजनास्थलबाट शेयर खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेको नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत आवेदन दिन सकिने छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी’ प्रमाणपत्र प्रदान गरेको छ ।
(((

प्रतिक्रिया दिनुहोस्
MBL