Logo

बालेनको कदममा भूमि आयोगको भाँजो, सुकुम्बासीलाई दुख नदिन निर्देशन

बालेनको कदममा भूमि आयोगको भाँजो, सुकुम्बासीलाई दुख नदिन निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सुकुम्बासी बस्ती हटाउने कार्यमा राष्ट्रिय भूमि आयोगले बाधा सिर्जना गरेको छ ।

आयोगले शुक्रबार एक सूचना सार्वजनिक गर्दै तत्काललाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई नहटाउन निर्देशन दिएको हो । आयोगले काठमाडौं महानगरपालिका सहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूको नाममा यस्तो निर्देशन जारी गरेको हो ।

आयोगले हाल सुकुम्बासीहरुको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्ने गरी आवश्यक तयारी भईरहेको बताएको छ । यदि नभएको भएपनि यी कार्य गरेर मात्रै बस्ती हटाउने कार्यको थालनी गर्नसमेत कापनपालगायतका स्थानीय तहलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL