Logo

विदेशी मुद्रा संचिति घटेर ११ खर्ब ८९ अर्बमा झर्याे, ७.७ महिनालाई आयात धान्ने

विदेशी मुद्रा संचिति घटेर ११ खर्ब ८९ अर्बमा झर्याे, ७.७ महिनालाई आयात धान्ने



काठमाडौं । चालु आर्थिक बर्षको भदौ महिनामा वैदेशिक मुद्रा संचितिमा गिरावट आएको छ । चालु आवको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले घटेको हो । यसरी घट्दा भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ वैदेशिक मुद्रा संचिति कायम भएको छ ।

laxmi

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ ।

चालु आर्थिक बर्षको भदौ महिनासम्म ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता छ । चालु आवको दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति पर्याप्त रहने देखिन्छ ।

२०७९ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.५ प्रतिशत, ६४.६ प्रतिशत र २१.८ प्रतिशत रहेका छन। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL