Logo

४० प्रतिशतसम्म महँगियो प्याज, किलोकै एक सय रुपैयाँ पुग्ने आँकलन

४० प्रतिशतसम्म महँगियो प्याज, किलोकै एक सय रुपैयाँ पुग्ने आँकलन



काठमाडौं । नेपाली भान्साको लोकप्रिय वस्तुमा रहेको प्याजको मूल्यमा एकैपटक ठूलो अन्तरको मूल्यवृद्धिको जोखिम बढेको छ । भारतमा
एक सातामै प्याजको भाउ आकासिएसँगै नेपालमा पनि त्यसको तत्कालै प्रभाव पर्ने व्यवसायी बताउँछन् ।

laxmi

भारतको द फ्रि प्रेस जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मंसिरको पहिलो सातासम्म अथवा नयाँ बाली बजारमा नआएसम्म प्याजको मूल्य उकालो लाग्ने छ । समाचार अनुसार भारतमा अहिले धेरै ठाउँमा प्याजको खुद्रा मूल्य प्रतिकिलो भारु ४० रुपैयाँ नाघेको छ ।

र प्याजको भाउ छिट्टै प्रतिकिलो भारु ५० रुपैयाँ नाघ्ने व्यापारीहरुले बताएका छन् । अक्टोबरको सुरुमा भारतमा खुद्रा बजारमा प्याज भारु १५ देखि २५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध थियो ।

भारतमा अहिले गोदामको प्याजको खरिद मूल्य पन्ध्र दिन अघिको तुलनामा करिब ३०-४०% बढी पुगेको छ । नयाँ कटनीपछि भाउ स्थिर हुने एक व्यापारीले बताए ।

भारतमा मूल्य बढ्दा नेपालमा किन महँगिन्छ प्याज ?

भारतमा मूल्य बढ्दा नेपालमा प्याजको मूल्य सधैं बढने गरेको छ । यसको मुख्य कारण भनेको नेपाली बजारमा भारतीय आयातित प्याजको एकाधिकार नै रहनु हो ।

नेपालले चालु आर्थिक बर्षको २ महिनामा मात्रै १ अर्ब ९ करोड ५८ लाख रुपैयाँ बराबरको ३ करोड २ लाख ७२ हजार किलो प्याज आयात गरेको छ ।

यसमार्फत नेपालले गएको साउन र भदौ महिनामै साढे १५ करोड रुपैयाँ राजश्व समेत संकलन गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले २ महिनामा आयात गरेको प्याज सबै भारतबाट मात्रै आयात गरिएको हो ।

नेपाली बजारमा अहिले प्याजको खुद्रा मूल्य ६० रुपैयाँको हाराहारीमा रहेको छ । कालिमाटी होलसेल बजारमा भने प्याज ५० देखि ५४ रुपैयाँमा विक्रि भइरहेको छ ।

अहिले भारतमै प्याजको मूल्य भारु ५० (नेपाली ८० रुपैयाँ) पुग्ने आँकलन गरिएको छ । यो हिसाबले मूल्य वृद्धि हुँदा नेपाली बजारमा केही दिनमै प्याजको मूल्य प्रतिकिलो १०० रुपैयाँ नाघ्ने व्यापारीको आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्
MBL