Logo

बारा बस दुर्घटनामा १६ जनाको मृत्यु, बाह्रको सनाखत

बारा बस दुर्घटनामा १६ जनाको मृत्यु, बाह्रको सनाखत



काठमाडठौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान १०ः३० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ ।

laxmi

दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

ज्यान गुमाउनेमा बाराको कलैया उपमहानगरपालिका–२ बस्ने ४० वर्षीय लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका– ५ बस्ने ६३ वर्षीया नन्दकुमारी पुडासैनी र चितवनकै कालिका नगरपालिका रमाइलो चोक बस्ने १४ वर्षीय सफल कँडेल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ६५ वर्षीय सोमबहादुर चौरसिया, सोही स्थान बस्ने ३५ वर्षीया मन्निदेवी चौरसिया, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ७ का ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौँडा–७ कै २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीया नाजलिन खातुन, कलैया–१० का इजाजत अन्सारी र बाराकै जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २८ वर्षीया सुरेश विक रहेका छन् ।

सोही दुर्घटनामा परी खोलढुङ्गा बस्ने सुरक्षाकर्मी लालबहादुर बोगटी र धनुषाको जनकपुर–५ बस्ने ५० वर्षीय सन्तोषकुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बसका चालक स्याङ्जा आँधिखोला गाउँपालिका– ६ बस्ने ४० वर्षीय दिप्तिनारायण ढकालको भने हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस तीन नम्बर पुलस्थित सडकखण्डबाट २० मिटर तल खोलामा खसेको थियो । बसमा ५० जना सवार रहेको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL