Logo

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आठ महिनाकै न्यून स्तरमा, नेपालमा कहिले घट्ला मूल्य ?

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आठ महिनाकै न्यून स्तरमा, नेपालमा कहिले घट्ला मूल्य ?



काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट जारी छ। गत साता थप ओरालो लागेपछि कच्चा तेलको मूलउय आठ महिनाकै न्यून विन्दुमा पुगेको छ । कच्चा तेलको मूल्य मार्चमा प्रति ब्यारेल १३९ डलर पुगेको थियो । जुन सन २००८ पछि, रूस–युक्रेन युद्ध सुरु भएयताको उच्चतम स्तरमा पुगेको थियो । तर, पछिल्ला दिनमा कच्चा तेल निकै घटेर प्रति ब्यारेल ९० डलरमा झरेको छ ।

गत हप्ता कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो । सोमबारको प्रारम्भिक कारोबारमा यसमा केही वृद्धि भएको छ । ब्रेन्ट क्रुड ०.०६ डलरले बढेर प्रति ब्यारेल ८६.२१ डलरमा कारोबार भइरहेको छ। त्यस्तै, युएस वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य पनि ०.०७ डलरले बढेको छ । यो प्रति ब्यारेल ७८.८१ डलरमा छ।

अमेरिकालगायत विश्वका धेरै ठूला देशमा मन्दीको डरले तेलको मूल्य घटिरहेको छ । यसले तेलको मागमा असर पर्ने विश्वास गरिएको छ । सेप्टेम्बरको लागि जापानको उत्पादन तथ्याङ्क आइपुगेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा, सेप्टेम्बरमा निर्माण गतिविधि अगस्टको तुलनामा सुस्त भएको छ। गत हप्ता युरोजोन र बेलायतको तथ्यांकले पनि मन्दीको डर बढाएको छ।

अन्तर्राष्ट्रिय रूपमा कच्चा तेलको मूल्यमा धेरै उतारचढाव आए पनि नेपालमा करिब पाँच महिनादेखि पेट्रोल र डिजेलको मूल्य घटेको छैन । भारतमा कच्चा तेलको भाउ ८० डलर प्रति ब्यारेलमा आएपछि मात्रै पेट्रोल र डिजेलको मूल्य घटने अपेक्षा गरिएकाले नेपालमा पनि त्यसपछिमात्र मूल्य घटने अनुमान गर्न सकिन्छ ।

नेपालमा हाल डिजेल र मट्टिलेन प्रतिलिटर १ सय ७८ रुपैयाँ, पेट्रोल १ सय ८१ रुपैयाँ, हवाई इन्धन १ सय ९० रुपैयाँ प्रतिलिटर र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयामा खरिदविक्री भईरहेको छ ।

पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलियमको मूल्य भदौ १६ मा बढाएको थियो । जसमा पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत राखिँदा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाईएको थियो ।

हाल नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा व्यहोरिरहेको बताएको छ । यस्तै खाना पकाउने ग्याँस पनि प्रतिसिलिण्डर ५ सय ८२ रुपैयाँ ४२ पैसा घाटामा बेचिरहेको बताएको छ । निगमलाई मट्टितेल र हवाई इन्धनमा भने फाईदा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL