Logo

भोलिदेखि भृकुटी मण्डपमा ‘नाडा इभी एक्स्पो’ को आयोजना हुँदै, नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने

भोलिदेखि भृकुटी मण्डपमा ‘नाडा इभी एक्स्पो’ को आयोजना हुँदै, नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर ‘नाडा इभी एक्स्पो’ हुने भएको छ । यहि असोज ६ गतेदेखि ९ गतेसम्म भृकुटी मण्डप प्रर्दशनी हलमा आयोजना हुने भएको हो ।

उक्त ‘नाडा इभी एक्स्पो’ चलिरहेको समयमा नै असोज ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजेदेखि ४ बजे सम्म नाडा चौतारी सेमिनार पनि सञ्चालन गरिने भएको छ । युएसएआइडीको सहकार्यमा नाडा चौतारी सेमिनार संचालन हुने भएको हो ।

तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ । इभि चौतारीको पहिलो दिन ७ गते इभी टेक्नोलोजी एण्ड इकोसिस्टमको बारेमा छलफल हुनेछ ।

दोस्रो दिन ८ गते फाइनान्सियल एस्पेक्ट अफ इभीको बारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन । साथै अन्तिम दिन ९ गते पोलिसिएस फर प्रामोटिङ इभीको बिषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL