Logo

संविधान दिवसमा उद्योगी व्यवसायीलाई सम्मान, कस–कसले पाए पदक र विभुषण ?

संविधान दिवसमा उद्योगी व्यवसायीलाई सम्मान, कस–कसले पाए पदक र विभुषण ?



काठमाडौं । सरकारले संविधान दिवसका अवसारमा धेरैजसो उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ । सोमबार दिवसकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न उद्योग व्यवसायीहरुलाई मानपदवी, अलंकार तथा पदकहरु प्रदान गरेकी हुन् ।

जसमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका र वर्तमान बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सुकिर्तिमय राष्ट्रदिप मानपदवी पाएका छन् भने कुश कुमार जोशी, कुसुम लामा, राम थापा र राम बहादुर कोईरी, राजेश कुमार अग्रवाल, शशिधर शर्मा, जगदिश प्रसाद अग्रवाल, अरुण कुमार केसी, मुरलीधर रुंगटा, बेनिगोपाल मुन्दडा र सृजना राणाले सुप्रबल जनसेवा श्री पाएका छन् ।

यस्तै एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले किर्तिमय राष्ट्रदिप प्राप्त गरेका छन् । प्रबल जनसेवाश्री पाउने व्यवसायीहरुमा नर्सरी व्यवसायी बिन्दु गुप्ता, सुशिल कुमार गोयन्का, मुरारी लाल अग्रवाल, याादव कुँवर, महेन्द्र कुमार श्रेष्ठ, सुनिल कुमार बंशल, कृषि उद्यमी खेम बहादुर केसी, भरत प्रसाद पराजुली, बिनोद थकाली (प्रभु एयर), ओमकार गौचन, गोबिन्द प्रसाद थपलिया, बटु लामिछाने, दिपेन्द्र कुमार कलवार, बैंकर सुनिल केसी तथा ज्ञानेन्द्र ढुंगाना, बालकृष्ण भुषाल, चिराग गोयल, डा. सुबोध कुमार गुप्ता, भिम घिमिरे, सिताराम उप्रेति, राजेन्द्र प्रसाद अर्याल, सुरेन्द्र कुमार गोयल, चतुर्भुत अग्रवाल, नरेश प्रसाद श्रेष्ठ, खुम बहादुर सुवेदी, उमाशंकर अग्रवाल, अशोक कुमार बैद्य, प्रताप जंग पाण्डे, प्रेम कुमार श्रेष्ठ, प्रमोद कुमार अग्रवाल, गुणनिधी भण्डारी, दिपक कुँवर, सुरकृष्ण बैद्य, पवन कुमार अग्रवाल, डा। शान्त कुमार उपाध्याय, कुमुद कुमार दुगड, लक्ष्मी शर्मा रहेका छन् ।

जनसेवा श्री पदक पाउने व्यवसायीहरुमा दिनेश अधिकारी, नरेश कुमार अग्रवाल, मिलन बाबु मल्ल, कृष्ण मुरारी अग्रवाल, जीवकान्त काफ्ले, पुरिचन्द्र देवकोटा, ढकेश्वर घिमिरे, योगेश घिमिरे, सुमन बिक्रम पाण्डे, मानसिंह साउँद, मिङमा शेर्पा, अस्मिलाल भट्टराई, राजेन्द्र कुमार अग्रवाल छन् । समाजसेवा रत्न पाउनेहरुमा अम्बिका शर्मा लामिछाने, रुक्मणी देवकोटा, प्रशन्न अर्याल छन् ।

विकास रत्न पदक पाउनेहरुमा कुलचन्द्र ज्ञवाली, बिनायक शाह, मोहनराज ओझा, टिका बहादुर श्रेष्ठ, आङ गेल्बु शेर्पा, मनोज कुमार भारती, यमुना श्रेष्ठ, दिपक नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL