Logo

राष्ट्र बैंकको निष्कर्ष : बस्तु आयातमा हुण्डी र कालोधनको प्रयोग बढ्यो, मूल्य विश्लेषण गरेर मात्रै एलसी र टीटी खोल्न निर्देशन

राष्ट्र बैंकको निष्कर्ष : बस्तु आयातमा हुण्डी र कालोधनको प्रयोग बढ्यो, मूल्य विश्लेषण गरेर मात्रै एलसी र टीटी खोल्न निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात तथा निर्यात व्यापारमा हुण्डी र कालोधान (स्रोत नखुलेको रकम) को प्रयोग बढेको निष्कर्ष निकालेको छ । पछिल्लो समय अवैधानिक तवरबाट बस्तु आयातको रकम भुक्तानी हुनथालेको देखिएपछि राष्ट्र बैंकले त्यसलाई कडाई गर्न सम्बछ बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

laxmi

राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणमा सघाउ पुग्ने गरी आयातको प्रक्रिया अपनाउन निर्देशन दिएको छ । साथै बस्तुको अन्तरराष्ट्रिय बजार मुल्यमा उल्लेखित मुल्यबीच तुलनात्मक विश्लेषणगरी यथार्थपरक देखिएको अवस्थामा मात्रै त्यस्ता बस्तु आयातका लागि ड्राफ्ट, टीटी वा एलसी खोल्न समेत निर्देशन दिएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले आयातमा कडाई गरेसँगै गैरकानूनी माध्यमबाट बस्तु आयात हुन थालेको व्यवसायीहरुले गुनासो गरेका छन् । साथै कतिपय व्यापारीहरुले न्यून बीजकीकरण गरी सामान आयात गर्ने र त्यसरी आयात आयात गर्दा बाँकी रकम हुण्डीबाट पठाउने गरेको समेत विभिन्न अध्ययनले देखाएको छ ।

पछिल्लो समय बस्तु आयात गर्दा अबैधानिक तरिकबाट भुक्तानी हुन थालेपछि राष्ट्रल बैंकले टीटी वा एलसी खोल्ने अवस्थामै उक्त बस्तुको अन्तरराष्ट्रिय मुल्य विश्लेषण गर्न सम्बन्द्ध बैंकहरुलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL