GBIME

नेपाल ब्राजिल चेम्बरको अध्यक्षमा चापागाईं पुनः निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति


बिजखबर संवाददाता
6 August, 2022 9:47 pm

Nepal_Brazil_Chamber

काठमाडौं । नेपाल ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी अखिलकुमार चापागाईं पुनः निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको आठौँ वार्षिक साधारण सभाले चापागाईंको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

NLIC
LAXMI

संघको उपाध्यक्षमा चेङ्ग अग्रवाल र विक्रम राई तथा महासचिवमा उमेश रायमाझी, सचिवमा ज्योत्सना श्रेष्ठ र कोषाध्यक्षमा निरज तिमिल्सिना निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा जया शिवाकोटी, भरत आचार्य, शिवहरि दंगाल, प्रदीप रुंगटा, राकेशकुमार श्रेष्ठ, लवराम दाहाल र प्रेम पाण्डे निर्वाचित भएको संघले जनाएको छ ।

यस्तै, संघको सल्लाहकारमा निवर्तमान उपाध्यक्ष विनय लामिछाने चयन भएका छन् भने अम्बिका शर्मा लामिछानेलाई अध्यक्ष चापागाईंले सदस्यमा मनोनीत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL