Logo

काठमाडौं हल्लाएको भूकम्पको केन्द्रविन्दू नुवाकोटको बेलकोटगढी, क्षतिको विवरण आएन

काठमाडौं हल्लाएको भूकम्पको केन्द्रविन्दू नुवाकोटको बेलकोटगढी, क्षतिको विवरण आएन



काठमाडौं । नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो । अहिलेसमम भूकम्बाट भएको क्षतिको विवरण प्राप्त भएको छैन् ।

भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL