Logo

दुई दिनमा ३ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दुई दिनमा ३ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा ठुलो गिरावट आईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि बिहीबारसम्म मात्रै सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो । गत मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

laxmi

त्यसको पछिल्लो दिन बुधबार सुनको मूल्य एकैदिन १ हजार ६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा पुगेको थियो । पुनः बिहीबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै यस अवधिमा चाँदीको मूल्य पनि उल्लेख्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL