Logo

प्रतितोला तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार मूल्य घटेर छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

laxmi

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ । बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL