Logo

बेलायती राजकुमार ह्यारी ६ चैतमा नेपाल आइपुग्ने, यस्तो छ ५ दिने भ्रमण तालिका

बेलायती राजकुमार ह्यारी ६ चैतमा नेपाल आइपुग्ने, यस्तो छ ५ दिने भ्रमण तालिका


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बेलायती राजकुमार ह्यारी चैत ६ गते नेपाल आईपुग्ने भएका छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसर पारेर राजकुमार ह्यारी नेपाल भ्रमणमा आउन लागेका हुन् । बेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लागेका राजकुमार ह्यारीको बेलायत सरकारले भ्रमण तालिका सार्वजनिक गरेको छ । जस अनुसार उनले आगामी चैत ६ देखि १० गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने छन् ।

नेपाल आएसँगै पहिलो दिन अर्थात चैत ६ गते राजकुमार ह्यारी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेको साँझको स्वागत कार्यक्रममा सरिक हुनेछन् । उक्त कार्यक्रममा ह्यारीले मन्त्रिपरिषद्का सदस्य तथा वरिष्ठ सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको नेपालस्थित  बेलायती दूतावासले जनाएको छ ।

यस्तै चैत ७ गते  राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटगर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने छन् ।

भ्रमणको क्रममा ह्यारीले भक्तपुर र पाटनका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका गर्ने भएका छन् ।  साथै, उनले भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्ति बालअस्पतालको समेत भ्रमण गर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नेछन् भने पोखरास्थित गोर्खा सैनिक क्याम्प पुगेर वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

भ्रमणको अन्तिम दिन अर्थात चैत १० गते राष्ट्रपति भण्डारी र राजकुमार ह्यारीबाट काठमाडौँमा आयोजना हुने बालिका सम्मेलनको संयुक्तरुपमा उद्घाटन हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL