Logo

अर्को सातादेखि बजारमा ‘टियरलेस’ प्याजको बिक्री सुरु हुँदै, काटदा आँशु नआउने

अर्को सातादेखि बजारमा ‘टियरलेस’ प्याजको बिक्री सुरु हुँदै, काटदा आँशु नआउने



काठमाडौं । प्याज काटदा आँसु आउँदैन ? भनिन्छ यस्तो हुन सक्दैन । तर, अब प्याज काट्दा आँखा ओसिलो हुनु विगतको कुरा हुनसक्छ । कारण यो हो कि पहिलो ‘टियरलेस’ प्याज बजारमा आउँदैछ । युकेले टियरलेस प्याज बिक्री सुरु गर्न गइरहेको छ । द गार्डियनको एक रिपोर्टका अनुसार युकेको सपिङ चेन स्टोर वेटरोजले अर्को हप्तादेखि आफ्ना स्टोरहरूमा टियरलेस प्याज ‘सुनियन’ बेच्न थाल्नेछ ।

गेमचेन्जर

‘सुनियन’ एक खैरो, चिल्लो र मीठो प्याज प्रजाति हो । काट्दा आँखाबाट आँसु नआउने भएकाले यसलाई गेमचेन्जर भनिएको छ । सुनियनका लागि ‘एक थोपा पनि आँसु होइन’ नाराका साथ मार्केटिङ भइरहेको छ । यसलाई पूर्ण बनाउन ३० भन्दा बढी वर्ष लागेको हो ।

आँसुबाट बच्न अंग्रेजहरूले विभिन्न उपाय अपनाए । प्याज काट्दा निस्कने बाफका कारण आँखामा जलन र आँसु आउँछ । यो पीडा र आँसुबाट बच्न बेलायती जनताले धेरै उपाय अपनाएका छन् । जस्तै फ्रिजरमा प्याज टाँस्ने, पानीमा प्याज भिजाउने, वा स्विमिङ गिलास लगाएर प्याज काट्ने, आदि । वेटरोजको सिस्टर चेनले जोन लुईसका एन्टी–फग लेन्सहरू सहितको विशेष अनियन चश्माहरू पनि बेच्छ ।

मूल्यले आँखाबाट आँसु आउन सक्छ

‘सुनियन’ काट्दा आँखाबाट आँसु नआउन सक्छ तर, यसको मूल्यले आँखाबाट आँसु निकाल्न सक्छ । सुनियनको मूल्य नियमित प्याजको मूल्यभन्दा बढी हुनेछ । आँसु बिनाको प्याज विकासका लागि लामो समयदेखि प्रयास भइरहेको छ र विश्वभरका वैज्ञानिकहरू दशकौंदेखि प्रोटोटाइपमा काम गरिरहेका छन् । ‘सुनियन’ को चार वर्षअघि अमेरिकामा लञ्च गरिएको थियो । यो गत वर्ष युरोपमा सार्वजनिक गरियो र त्यतिबेला धेरै स्पेनिश खुद्रा विक्रेताहरूले यसको फाइदा उठाए ।

हरेक दिन मीठो हुन्छ

‘सुनियन’ को वेबसाइटमा उललेख भएअनुसार अन्य सबै प्याजको विपरीत, ‘सुनियन’ हरेक दिन मीठो हुन्छ । प्याजमा हुने वाष्पशील यौगिकहरू आँसु र तिखो स्वादको लागि जिम्मेवार हुन्छन्, र अन्य प्याजमा ती यौगिकहरूको मात्रा उस्तै रहन्छ वा समयसँगै बढ्छ । ‘सुनियन’ मा यी यौगिकहरू ठीक उल्टो हुन्छन र आँसुविहीन, मीठो र हल्का स्वाद सिर्जना हुन्छ ।

‘सुनियन’ मूल रूपमा कृषिसम्बन्धी दिग्गज कम्पनी बायरद्वारा विकसित गरिएको थियो । तर, ‘सुनियन’को स्वामित्व अब रासायनिक फर्म बिएएसएफ को स्वामित्वमा छ । जसले यसको बीउ र बाली व्यवसायको एक हिस्सा अधिग्रहण गरेको छ । कम्पनीले सुनियन आनुवंशिक रूपमा परिमार्जित नभएको तर, प्याजको कम तिखो स्ट्रेनहरूको क्रस–प्रजननको उत्पादन भएको उल्लेख गरेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL