Logo

पेट्रोलियमको मूल्य घटेसँगै घट्यो गाडीभाडा, कुन रुटको भाडा कतिले घट्यो ?

पेट्रोलियमको मूल्य घटेसँगै घट्यो गाडीभाडा, कुन रुटको भाडा कतिले घट्यो ?



काठमाडौं । सरकारले बिहीबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै लामो रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै लामो दुरीका सार्वजनिक सवारीसाधनको भाडामा २ देखि ३ प्रतिशतसम्म घटेको जानकारी दिएको हो ।

laxmi

यस्तै विभागले मालबाहक सवारीसाधनको भाडा दर पनि घटाएको छ । यातायात व्यवस्था विभागका अनुसार पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीसाधनको भाडा २.६ प्रतिशतले घटेको छ भने तराईको बाटामो चल्ने मालबाहक सवारीसाधनको भाडा २.९ प्रतिशतले घटेको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत तलमाथि भए सार्वजनिक सवारीसाधनको भाडा स्वत घटबढ हुने व्यवस्था गरेको छ । हालसम्म नेपालमा पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर कटाएपछि सरकारले हिजो देखि नै डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १० १० रुपैयाँले घटाएको छ । सोही अुनसार स्वतः रुपमा सार्वजनिक सवारीसाधनको भाडादर घटेको हो ।

यस्तो छ नयाँ भाडादर :

[googleapps domain=”drive” dir=”file/d/1IsjQmGT1JYdMjgQhlx76rDP_Xzs4YHqH/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL