GBIME

अर्थमन्त्री शर्माले गरे सभामुखलाई बजेट ‘ब्रिफिङ’, अर्थसचिव मरासिनी पनि सहभागी


बिजखबर संवाददाता
28 May, 2022 1:53 pm

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि भोलि सार्वजनिक गर्न लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् ।

NLIC
LAXMI

आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन् ।

सभामुख सापकोटाले सङ्घीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराएका थिए । सो अवसरमा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL