Logo

नेपाली उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘भेषभुषा डटकम’को शुभारम्भ

नेपाली उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘भेषभुषा डटकम’को शुभारम्भ



काठमाडौँ । नेपाली उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यसहित ई-कमर्स कम्पनी भेषभूषा सञ्चालनमा आएको छ । स्वदेशी र विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको हो ।

laxmi

काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा नायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरे । उनले नेपाललाई वेशभूषाका माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायसहित भेषभुषा डटकम शुरु भएको बताए । हमालले फेसनबाट कोही पनि टाढा बस्न नसक्ने र हरेक मानिसले कुनै न कुनै माध्यमबाट आफ्नो व्यक्तित्वमा वेशभूषालाई समेटिरहने बताए ।

कम्पनीका अध्यक्ष दीपक पाण्डेले नेपाली उपभोक्ताको आवश्यकता महसुस गरेर भेषभूषा नामक ई(कमर्स कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले स्वदेशी र विदेशी ब्राण्डका कम्पनीहरूसँगको सहकार्यमा यो कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए । ‘भेषभूषामा हरेक नेपालीले आफ्नो उद्देश्य र पेसाअनुरूपको पहिरन, जीवन शैलीका सामानहरू छनोट गर्न सक्छन्,’ पाण्डेले भने, ‘हाल यो कम्पनी उपत्यका केन्द्रित छ । निकट भविष्यमै देशका अन्य सहरमा पुग्ने लक्ष्य छ ।’

यस्तै, कम्पनीकी प्रमुख कार्यकारी अधिकृत तृसा आचार्यले आगामी दिनमा सौन्दर्य प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा सँगसँगै लग्ने बताइन् । ‘भेषभूषा डटकम’मार्फत सेवाग्राहीले अनलाइन खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL