Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ८२७ जना संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ८२७ जना संक्रमित, १० जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

laxmi

पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६ सय ९७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL