GBIME

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपील–‘स्वागत र बिदाइमा नआउनु’


बिजखबर संवाददाता
11 January, 2022 3:05 pm

tia airport

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्वागत र बिदाइका लागि विमानस्थलमा नआउन अपील गरेको छ। कोभिड–१९ को संक्रमण बढ्दै गएकाले भीडभाड नगर्न विमानस्थल कार्यालयले अनुरोध गरेको हो। यसअघि पटकपटक अनुरोध गर्दा पनि भीडभाड नरोकिएकाले फेरि अपील गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ।

NLIC
LAXMI

त्रिभुवन विमानस्थल कार्यालयले ‘अति जरुरी  बाहेक स्वागत तथा विदाई गर्नका लागि मात्र विमानस्थलमा नआई दिन अनुरोध गरेको हो। यसले हवाई यात्रुको आवागमनको चाप र विमानस्थलमा स्थान सिमितताका कारण भीडभाड बढ्ने जनाइएको छ।

यससँगै विमानस्थल कार्यालयले भ्रमण अनुमति दिन पनि बन्द गरेको जनाएको छ। विमानस्थल कार्यालयले भनेको छ, ‘कोभिड(१९ को जोखिम समेतलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भी पास उपलब्ध नगराइने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL