Logo

ट्रेडर धानिन नसक्दा बजारमा सेलिङ प्रेसर, नेप्से ६० अंकले घट्दा कारोबार ५ अर्बमा झर्यो

ट्रेडर धानिन नसक्दा बजारमा सेलिङ प्रेसर, नेप्से ६० अंकले घट्दा कारोबार ५ अर्बमा झर्यो



काठमाडौं । बजारमा सेलिङ प्रेसर थेग्न नसक्दा नेप्से परिसुचकमा ६० अंकको गिरावट आएको छ । दिनभर घटबढ हुँदै ओरालो यात्रा तय गरेको नेप्से परिसुचक अन्तमा ५९.५७ अंकले घट्दै २६९०.५७ अंकमा झरेर अडिएको छ ।

laxmi

त्यस्तै विहिबार सेन्सेटिभ सूचक १०.६३ अंकले घटेको छ भने फ्लोट सूचक ४.१७ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ३.६७ अंकले घटेको छ ।

घट्दो बजारमा विहिबार कारोबार रकममा समेत गिरावट आएको छ । दिनभर २२५ कम्पनीको ९४ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ११ करोड ९६ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

विहिबार सबै उपसूचकको सेयर मुल्य घटेको छ । जसका सबैभन्दा बढी फाइनान्सको ४.२२ प्रतिशतले घट्दा विकास बैंकको ३.६१ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै लगानी उपसूचकको मुल्य ३.०५ प्रतिशतले घटेको छ । बजारमा हाइड्रोपावर, होटल र पर्यटन, निर्जीव बीमा, अतिरिक्त र जीवन बीमाको सेयर मुल्य २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL