Logo

आईसीएफसी र महालक्ष्मीको प्रोपोगाण्डा, अघिल्लो दिन अन्तिममा मूल्य बढाएर भोलिपल्ट आफुसँग भएको सेयर बेच्ने खेल

आईसीएफसी र महालक्ष्मीको प्रोपोगाण्डा, अघिल्लो दिन अन्तिममा मूल्य बढाएर भोलिपल्ट आफुसँग भएको सेयर बेच्ने खेल



काठमाडौं । सेयर बजारमा पछिल्लो समय नयाँ खेल सुरु भएको छ । सेयर बजारका लगानीकर्ताले बजारका खेलाडीले भनेभन्दा बेग्लै खेल खेल्न थालेपछि त्यस्ता खेलाडीले नयाँ खेल खेल्न सुरु गरेका हुन् ।

laxmi

पछिल्लो समय क्लव हाउसलगायतका सामाजिक संजाललाई प्रयोग गर्दै बजारका खेलाडीहरुले कुन कम्पनीको सेयर किन्ने, कुन बेच्ने भन्दै लगानीकर्तालाई फसाउँदै आएका थिए । तर लगानीकर्ताहरुले त्यस्ता खेलाडीहरुले भनेभन्दा उल्टो अर्थात सेयर किन्नु भन्दा बेच्ने र बेच्नुभन्दा किन्न थालेपछि अहिले पुनः अर्को गेम सुरु गरेका हुन् ।

सोमबारकै घटनालाई आधार मान्ने हो भने त्यस्ता खेलाडीहरुले आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकमा नयाँ खेल सुरु गरेका हुन् । उनीहरुले दिनभर घटेको र सेलिङ् प्रेसर रहेको दुबै कम्पनीको मुल्य बजार बन्द हुने समयमा कृतिम रुपमा उच्च माग देखाई अन्तिम समयमा मुल्य बढाएर सर्किट नै लगाएका छन् ।

हाल त्यस्ता खेलाडीहरुले ठूलो मात्रामा सेयर होल्ड गरेर बसेको र दिनभर बजार घटेपनि अन्तिम समयमा मुल्य बढाएर भोलीपल्ट बढ्दो मुल्यमा सेयर बिक्री गर्न थालेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘विशेषगरी त्यस्ता खेलाडीहरुले यस अघिनै बिक्री गर्ने गरी ठूलो मात्रामा सेयर होल्ड गर्दै मुल्य बढाएका थिए,’ एक लगानीकर्ताले भने, ‘तर त्यतिवेला बढ्दो मुल्यमा सेयर बिक्री गर्न खोज्दा अन्य लगानीकर्ताहरुले सेलिङ प्रेसर ल्याएर मुल्य घट्न पुगेको थियो तर अहिले पुनः सोही सेयर बिक्री गर्न अन्तिम समयमा मुल्य बढाउन थालेका छन् ।’

सोमबार सोहीअनुरुप अन्तिम समय एउटै लगानीकर्ताले सेयर खरिद गर्दै मुल्य बढाएको नेप्सेको फ्लोरसिटले देखाउँछन् । उक्त लगानीकर्ताले महालक्ष्मी विकास बैंकको सेयर मुल्य बढाउन ब्रोकर नम्बर २० लाई प्रयोग गरेको देखिन्छ भने आईसीएफसीको सेयर मुल्य बढाउन ब्रोकर नम्बर ४८ बाट सेयर खरिद गरेका छन् । ्

सोमबार आईसीएफसीकै सेयर मुल्यलाई आधार मन्ने हो भने दिनभर बजार घटेर प्रतिकित्ता मुल्य ८९० रुपैयाँसम्ममा झरेको उक्त कम्पनीको सेयर मुल्य बजार बन्द हुने अन्तिम समयमा बढाएर १ हजार ४४ रुपैयाँ पुर्याइएको छ । यसैगरी आजै प्रतिकित्ता ७४० रुपैयाँमा कारोबार भएको महालक्ष्मी विकास बैैंकको सेयर मुल्य अन्तिम समयमा उच्च वृद्धि गर्दै ८८२ रुपैयाँ पुर्याइएको छ । बजारमा खेलाडीले छोटो समयमा मुल्यमा खेल्दा अन्य लगानीकर्ताहरु फस्ने सम्भावना उच्च हुने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘अहिले त्यस्ता खेलाडीहरुले ती कम्पनीको लाखौं कित्ता सेयर होल्ड गरेर बसेका छन्,’ उनीहरुले अन्तिम समयमा मुल्य बढाउँदै भोलीपल्ट बढ्दो मुल्यमा सेयर बिक्री गर्छन,’ एक लगानीकर्ताले भने, ‘तर त्यस्तो मुल्यमा सेयर खरिद गरेका लगानीकर्ताहरुको आफ्नो खातामा सेयर आईपुग्दासम्ममा बजारका खेलाडीले आफुसँग भएको सेयर बिक्री गरेर निस्किइसक्छन ।’

प्रतिक्रिया दिनुहोस्
MBL