Logo

आईसीएफसी फाइनान्स र एनसीएचएलबीच सम्झौता, डिजिटल भुक्तानीमा नयाँ आयाम

आईसीएफसी फाइनान्स र एनसीएचएलबीच सम्झौता, डिजिटल भुक्तानीमा नयाँ आयाम



काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग एनपीएस–नेशनल कार्ड स्वीच (एनसीएस) र डोमेस्टिक कार्ड स्कीम (नेपालपे कार्ड) को प्रमाणित सदस्य बन्ने महत्त्वपूर्ण सम्झौता गरेको छ। यो सम्झौताले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ र सहज बनाउने लक्ष्य राखेको छ। सम्झौतापत्रमा आईसीएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै एनपीएस(एनसीएसको पूर्वाधार निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको घोषणा गरेको छ। यो पूर्वाधारले नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम, नेपालपे कार्ड, सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक आधार तयार गरेको छ। यस सम्झौतामार्फत आईसीएफसी फाइनान्सले नेपालपे कार्ड जारी गर्न र स्वीकार गर्नका लागि आफ्नो प्रणालीलाई एनसीएचएलको सिस्टमसँग एकीकृत गर्ने प्रतिबद्धता जनाएको छ। यो कदमले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सुविधा र पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्