Logo

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिईओको लागि आवेदन माग, आर्थिक क्षेत्रमा ५ बर्षको अनुभव हुनुपर्ने

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिईओको लागि आवेदन माग, आर्थिक क्षेत्रमा ५ बर्षको अनुभव हुनुपर्ने



काठमाडौं । अर्थमन्त्रालय अन्तर्गतको निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि दरखास्त खुला गरिएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सिईओ पदका लागि आवेदन माग गरेको हो ।

laxmi

उक्त पदमा आवेदन दिन योग्यता पुगेका ईच्छुक नेपालीले सूचना जारी भएको १५ दिनभित्र अर्थात कात्तिक २५ भित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा गोप्य शिलवन्दी आवेदन दिईसक्नुपर्नेछ ।

उक्त पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा बिषयमा कम्तिमा स्नातकोत्तर हाँसिल गरेको वा चार्टर्ड एकाउन्टेन्ट उपाधि हाँसिल गरी आर्थिक, बैंकिङ क्षेत्रमा ५ बर्ष काम गरेको हुनुपर्नेछ ।

यस्तै ३० बर्ष पुरा भई ६० बर्ष ननाघेको नेपाली नागरिक उक्त पदका लागि मान्य हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL