Logo

डा. महत भन्छन्, यो अवार्ड मैले होइन राष्ट्रले पाएको हो, आफ्नो स्तरमा अरुलाई नदाज्न आग्रह

डा. महत भन्छन्, यो अवार्ड मैले होइन राष्ट्रले पाएको हो, आफ्नो स्तरमा अरुलाई नदाज्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले विश्वको उत्कृष्ट अर्थमन्त्री पुरस्कार आफुले मात्र नभई सिङ्गो मुलुकले नै पाएको बताएका छन् । ‘यो सम्मान सिङ्गो राष्ट्रको लागि दिइएको हो,’ नेपाल चेम्बर अफ कमर्शको सम्मान कार्यक्रममा उनले भने, ‘तसर्थ यसमा सवैले गौरव गर्न सिक्नुपर्छ ।’ भुकम्प गएको अवस्थामा नेपालको समस्याका वारेमा विश्वको ध्यानकर्षण गर्न सकेकोमा आफुले सो पुरस्कार पाएको समेत उनले जानकारी दिए ।

आफुले कल्पनाभन्दा वाहिरबाट सो पुरस्कार पाएको उनको भनाइ थियो । ‘हामीले भुकम्प पश्चात पुरस्कार पाइन्छ भनेर काम गरेका थिएनौं,’ उनले भने, ‘तर, अन्तरराष्ट्रिय जगतले सहि कामको उच्च मुल्याङ्कन गरेका रेहेछन् ।’ भुकम्प पछिल्लो प्रतिकुल अवस्थामा पनि दातासम्मेलन, त्यसको व्यवस्थापन र तत्कालिन अवस्थामा स्रोतको राम्रो तरिकाबाट परिचालन गरिएको भन्दै द फाइनान्सियल टाइमको सहप्रकाशन बैंकरले आफ्नो ९० औं वार्षिकोत्सवको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरेको थियो । विश्व भरका बैंकर तथा बरिष्ठ अर्थशास्त्रीहरुले विश्लेषण गरेर डा. महतलाई सो सम्मान दिइएको बैंकरले जनाएको छ ।

आफुले ल्याएको आर्थिक उदारिकरणको नीतिले देशले आर्थिक गति लिएको जानकारी दिँदै यसलाई अझ व्यवस्थित रुपमा लागू गरिनुपर्ने उनको तर्क थियो । ‘१९९० को दशमका मैले जुन नीति ल्याएको थिए त्यसकै कारण दशले आर्थिक रुपमा फड्को मारको हो,’ उनले भने, ‘यदि उदारीकराणको नीति नलिएको भए निजी क्षेत्र अहिलेको अवस्थामा आइपुग्ने थिएनन् ।’

पछिल्लो समय विभिन्न सामाजिक संजालमा नकारात्मक टिकाटिप्पणी भएको भन्दै आफ्नो स्तरमा अरुलाई नदाज्न आग्रह समेत गरेका छन् । ‘आफ्नो अनुहार हेरेर अरुको विश्लेषण नगरौं,’ उनले भने, ‘सवै आफु जस्तो नराम्रो हुँदैनन् ।’ पछिल्लो समय देशमा नकारात्मक सोचको विकास भएको भन्दै यस्ता खालका सस्कृति त्याग्न समेत उनले आग्रह गरे ।

राजनीतिले देश विकास नहुने भन्दै सवैको सोच आर्थिक सम्बृद्धि तर्फ हुने पर्ने समेत उनको भनाई थियो । देशको आर्थिक स्थिती विग्रनुको मुख्य कारण राजनीतिक अस्थिरता भएको बताउँदै सकभर छिटो यसको समाधान खोजिनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पूर्व अर्थमन्त्री डा. महतले पाएको अवार्डले नेपाललाई विश्वमै चिनाउने काम गरेको बताए । ‘डा. महतले जुन अवार्ड पाउनु भएको छ, यो देशको लागि एकदमै ठूलो गौरवको विषय हो,’ उनले भने, ‘यसलाई सवैले सम्मान गर्न सिक्नुपर्छ ।’ साथै अवार्डको विषयलाई लिएर फेसबुक लगायतका सामाजिक संजालमा नकारात्मक टिकाटिप्णी भएको भन्दै यस्ता संजाल बन्द गर्नुपर्ने समेत श्रेष्ठले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL