Logo

चेम्वरमा ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन (सूचीसहित)

चेम्वरमा ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन (सूचीसहित)



काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । चेम्बरको ७३ औं वार्षिक साधारणसभाबाट चयन हुने कार्यसमितिमा आवश्यक संख्यामा मात्रै आवेदन परेपछि सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो ।

laxmi

चेम्बरको जिल्ला नगरतर्फ १५ जना सदस्य रहेकोमा सोही संख्यामा मात्रै आवेदन परेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी वाणिज्यतर्फ पनि १५ जनाको सिटमा १५ जनाको मात्रै आवेदन परेको छ ।

यस्तै उद्योग र वस्तुगत संघतर्फ ९ जनामा ९–९जनाको मात्रै आवेदन परेको छ भने द्विराष्ट्रिय र आवद्धतर्फ ३ जनाको सिटमा ३–३ जनाको मात्रै आवेदन परेको हो । यसैगरी नगरतर्फ १ जना सदस्यमा १ जनाको मात्रै आवेदन परेको निर्वाचन कमिटिले जानकारी दिएको छ ।

चेम्बरको विधान अनुसार नवनिर्वाचित कार्य समितिले नै अध्यक्षलगायत पदाधिकारी चयन गर्ने छ । जसअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल अध्यक्ष बन्ने सम्भावना उच्च रहेको छ । उक्त स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा दिपक मलहोत्रा आउने सम्बद्ध स्रोतले जानकारी दिएको छ । यसैगरी नवनिर्वाचित कार्यसमितिले नै उपाध्यक्षहरु चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL