Logo

रोकिएन सेयर बजारको गिरावट, ७७ अंकले ओरालो लाग्यो नेप्से

रोकिएन सेयर बजारको गिरावट, ७७ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौं । सोमबार ६९ अंकले घटेको सेयर बजार आज (मंगलबार) ७७ दशमलब ३३ अंकले ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्सेमा ७७ अंकको गिरावटसँगै परिसूचक २५१० अंकमा कायम भएको छ ।

laxmi

यसअघि हिजो सोमबार ६९ अंकले घटेको थियो । मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो २ अर्ब ९६ करोडको कारोबार भएको थियो ।

मंगलबार सबै समूहमा गिरावट आएको छ । बैंकिङ ५१, विकास बैंक १९४, फाइनान्स ११२, होटल तथा पर्यटन ८८, जलविद्युत ११७, लगानी २, जीवन बीमा ४२८, उत्पादन १७५, माइक्रोफाइनान्स १३५, निर्जीवन बीमा ३१४, अन्य ३३ र ब्यापार समूह ५१ अंकले घटेका छन् ।

७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्य भने स्थिर रह्यो । नेपाल हाइड्रो डेभलपर्स र नेसनल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL