Logo

एउटा फुच्चे केटोको सफलता : जसले डाक्टरी छाडेर ६ वर्षमै बनायो २ अर्ब डलरको कम्पनी ‘अनएकेडेमी’

एउटा फुच्चे केटोको सफलता : जसले डाक्टरी छाडेर ६ वर्षमै बनायो २ अर्ब डलरको कम्पनी ‘अनएकेडेमी’



काठमाडौं । धेरैजसो मानिसहरु जीवनमा एउटा राम्रो अवसरको लागि आफ्नो सम्पूर्ण जिन्दगीभर खोजी जारी राख्छन् । भारतमा करोडौं विद्यार्थीहरुको लागि आईएएस अधिकारी वा डाक्टर बन्ने सपना साकार हुनको अर्थ जीवन सफल हुनु हो । जसले यो सफलता हासिल गर्छन उनीहरुले सफलताको दौड जितेको मानिन्छ । तर, भारतमै केही मानिसहरु छन् जसले यी उपलब्धिहरु गन्तव्यको रूपमा हैन कि उनीहरुको यात्रामा बिभिन्न स्टपको रूपमा लिन्छन । यस्तै एक व्यक्ति हुन् रोमन सैनी । जो डाक्टर, पूर्व आईएएस अधिकारी र एउटा धेरै सफल उद्यमी हुन् ।
भारतको सबैभन्दा कान्छो निजामती कर्मचारीहरुमध्ये एक सैनी सबै छाडेर एक कम्पनीको संस्थापक बने । जसले लाखौं यूपीएससी इच्छुकहलाई मद्दत गर्दछ र यसको मूल्य १४ हजार करोड भारतीय रुपैयाँ (२ अर्ब डलर)भन्दा बढी छ । आखिर उनले यो सफलता कसरी प्राप्त गरे ? यहाँ रोमन सैनीको प्रेरणादायक सफलताको कथाबारे चर्चा गरिएको छ ।

युवा उपलब्धि

१६ वर्षको उमेरमा सैनी एम्स प्रवेश परीक्षा पास गर्ने सबैभन्दा कान्छो व्यक्ति बने । १८ वर्षको उमेरमा उनले एक प्रतिष्ठित चिकित्सा प्रकाशनमा एक शोध पत्र लेखेका थिए । आफ्नो एमबीबीएस पूरा गरे पछि, युवा रोमन सैनीले एम्समा राष्ट्रीय औषधि निर्भरता उपचार केन्द्रमा काम गरे । धेरैजसो मानिसहरु यस्तो राम्रो प्रतिष्ठित कामको कदर गर्दछन् तर, रोमनको लागि, एक डाक्टरको रूपमा उनको कार्यकाल मात्र ६ महिनासम्म रह्यो किनकी उनी आईएएस अधिकारी बन्ने बाटोमा थिए ।

आइएसको बाटो

२२ बर्षको उमेरमा, रोमन सैनीले यूपीएससी सिविल सर्विसेज परिक्षा पास गरे । भारतमा सफलता प्राप्त गर्नको लागि सबैभन्दा कठिन परीक्षाहरुमध्ये एक रहेको आईएएस अधिकारी बन्न उनले किन चाहन्थे भन्नेबारे उनले एकपटक टिप्पणी गरे, ‘म मेरो एमबीबीएस पढ्दै थिएँ र हरियाणाको दयालपुर गाउँमा पोस्ट गरिएको थिएँ । मैले देखेकि कसरी मानिसहरु आधारभूत सुविधाहरु बाट वञ्चित थिए । तब मैले राष्ट्र सेवा गर्ने निर्णय गरे ।’ रोमन २२ बर्षको उमेरमा सबैभन्दा कान्छो आइएस अधिकारीहरु मध्ये एक थिए र कलेक्टरको रूप मा मध्य प्रदेशमा उनको पोस्टिङ भएको थियो ।

परिवर्तन

तर, एक आईएएस अधिकारीको रूपमा उनको कार्यकाल छोटो रह्यो । उनले चाँडै नै प्रतिष्ठित जागिर छोडे र आफ्ना साथी गौरव मुंजालसंग मिलेर ‘अनएकेडेमी’को स्थापना गरे, । यो यस्तो प्लेटफर्म बन्यो जसले आज हजारौं आईएएस परीक्षार्थीहरुलाई यूपीएससी परीक्षाको लागी तयारी गर्न मद्दत गर्दछ । सैनीले ‘अनएकेडेमी’का स्थापना यूपीएससी कोचिंग कक्षाहरुको लागि एउटा यस्तो प्लेटफर्म प्रदान गर्ने सोच राखेर गरेका थिए कि यूपीएससी कोचिंगका लागि विद्यार्थीहरुले लाखौं रुपैयाँ खर्च गर्न नपरोस ।

१४ हजार करोडको कम्पनी

सन २०१० मा गौरव मुंजालद्वारा बनाईएको युट्युब च्यानलको रूपमा ‘अनएकेडेमी’ को शुरुआत भएको थियो । कम्पनी आधिकारिक रूपमा २०१५ मा मुंजाल, सैनी र हेमेश सिंहद्वारा स्थापित भएको थियो । ‘अनएकेडेमी’ स्थापनाको छ वर्षमा यो भारतको सबैभन्दा ठूलो शिक्षा टेक्नोलोजी प्लेटफार्महरुमध्ये एक बनेको छ । जसमा अहिले १८ हजार शिक्षकहरुको एक नेटवर्क छ भन५० लाख भन्दा बढी सक्रिय प्रयोगकर्ताहरु मञ्चका रुपमा स्थापित भएको छ । कम्पनीको मूल्य २ अर्ब डलर (करिब १४,८३० करोड रुपैयाँ) आँकलन गरिएको छ ।

सफलता को मन्त्र

रोमन सैनी सफलताको लागि पहिलो पाइला कसरी सिक्ने भन्ने रहेकोृ बताउँछन् । केही कुरा सिक्नुअघि चुनौतीको लागि तयार हुनुपर्छ । उनकाअनुसार मानिसहरु प्रतिभासम्पन्न भएर जन्मेका हुँदैनन् । सबैको ज्ञान, प्रतिभा र चरित्र फरक हुने र निर्धारित लक्ष्यहरु प्राप्त गर्नको लागि परिवार, समाज र चाहनाहरुबिरुद्ध जाने डरलाई त्यागेर अगाडि बढ्नुपर्छ । – डिएनए इण्ण्डियाबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL