GBIME

सेयर बजारलाई असर पुर्याउने नकारात्मक हल्ला नफैल्याउन धितोपत्र बोर्ड कर्मचारी संगठनको आग्रह


बिजखबर संवाददाता
3 August, 2021 11:35 am

share market

काठमाडौं । सेयर बजारमा नकारात्मक हल्ला नफैलाउन र पुँजी बजारको संवेदनशीलतालाई ध्यान दिन नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले आग्रह गरेको छ । संगठनले एक विज्ञप्ति जारी गर्दै नेपालको पुँजी बजारमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता भई पुँजी बजारको तिब्र विकास भई रहेको सन्दर्भमा पछिल्लो समय धितोपत्र बोर्ड तथा बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर विभिन्न संचार माध्यमहरुमा प्रकाशित भएका समाचारहरुप्रति यस संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

Bajaj
NABIL
YAMAHA

विगत केही समय यता नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा देखा परेका समस्याहरुको समाधान गर्दै बजारको समग्र सुधार तथा विकासका लागि नीतिगत तथा कानुनी संरचनामा परिर्वतन गरेको र सोको प्रभाव धितोपत्र बजारमा सकारात्मक रही बजारमा लगानीकर्ताहरुको मनोवल बृद्धिहुदै गएको संगठनले बताएको छ । ‘धितोपत्र बजारको विश्वसनीयता, पारदर्शीता र स्थिरताको साथै अन्तर्राष्ट्रिय सिद्धान्त तथा असल अभ्यास अनुरुप बजार संचालन हुनुपर्ने विषयलाई प्राथमिकता दिई सोही अनुरुपको बजार विकासको लागि संगठन तथा कर्मचारी स्तरबाट निरन्तर योगदान गर्दै आएको व्यहोरा जानकारी गराउँदछौ’, संगठनले जनाएको छ ।

बोर्डबाट बजार सुधार गर्ने क्रममा धितोपत्र बजारमा रहेका संचालनात्मक तथा संरचनात्मक कमीकमजोरीहरुमा सुधारको प्रयासमा व्यवधानजन्य कार्यहरु भएगरेको विभिन्न सामाजिक संजालमा राखिएका सामाग्रीहरुबाट देखिएको संगठनको ठहर छ । ‘यस्ता गतिविधिहरुबाट धितोपत्र बजारको निरन्तर सुधार तथा विकास कार्यमा लाग्ने धितोपत्र बोर्डका कर्मचारी तथा सम्बद्ध निकायका कर्मचारीहरुको मनोवलमा नकारात्मक प्रभाव पर्नुका साथै बजार विकासमा अवरोध आउनसक्ने विषयमा सवैलाई संयमित तथा चनाखो हुन अनुरोध गर्दछौ’, विज्ञप्तिमा छ ।

sarbottam

पुँजी बजारको संवेदनशीलतालाई मध्यनजर गर्दै लगानीकर्ताको लगानीको सुरक्षा गर्ने विषय सम्पूर्ण सरोकारवाला पक्षहरुको सकारात्मक योगदानबाट मात्र सम्भव हुने संगठनको ठहर छ ।

‘यसै सन्दर्भमा पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारका सम्बन्धमा संचार माध्यमहरुमा आएका विषयहरुलाई सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारीत भई आवश्यक्तानुसार वास्तविकता वाहिर ल्याउन र बोर्डको कार्य बातावरणलाई प्रभावित हुन नदिन यसै विज्ञप्ती मार्फत बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौ । अन्त्यमा बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएर आएका विषयहरुमा सत्य तथ्य विवरण आधिकारिक निकायबाट प्रेषित हुने हुँदा पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक एवम् तथ्यहिन विषय बाहिर प्रकाशन नगर्न सम्पूर्णमा यस नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

MBL