Logo

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना सर्टलिष्टमा, को-को परे ?

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना सर्टलिष्टमा, को-को परे ?



काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त दिएकामध्ये पाँच जनाको नाम सर्टलिस्टिमा परेको छ । छनोट समितिले पाँच जनाको नाम सर्टलिष्टिङ गरेको हो ।

laxmi

समितिले चिरन्जिवी चापागाई, सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारी र कृष्ण कार्कीलाई छनोट गरेको हो । समितिले अब पाँच जनाबाट उत्कृष्ट तीनको नाम मन्त्रिपरिषदको कार्यालयमा पठाउने छ । छनोट हुनेमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ छन्। अन्तिम ५ भित्र पर्नेमा सन्तोषनारायण श्रेष्ठ र नवराज अधिकारी पनि छन्। श्रेष्ठ विभिन्न वित्तीय संस्थाका सञ्चालक छन्। अधिकारी धितोपत्र बोर्डमा हाल निमित्त अध्यक्ष छन्।

मन्त्रिपरिषदले तीनमध्ये एक जनालाई धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी दिनेछ । अध्यक्ष बन्न १९ जनाले अर्थ मन्त्रालयमा निवेदन पेश गरेका थिए । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समिति सदस्यहरुमा अर्थ सचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यको रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL