Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ९२ हजार ४ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ९२ हजार ४ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाल िबजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL