काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आयोजना गरेको दुई दिने ‘स्टार एजेन्सी मिट २०८२’ कार्यक्रम साउन १८ र १९ गते नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा भव्य रुपमा सम्पन्न भएको छ।
देशभरिबाट उत्कृष्ट कारोबार गर्न सफल अभिकर्ताहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीसहित उच्च व्यवस्थापन टोली र स्टार तथा चिफ एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कम्पनीका चिफ बिजनेस अफिसर फर्सुराम मरासिनीले ुव्यवसायिक समिक्षा र भावी रणनीतिु विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै, चिफ बिजनेस अपरेशन राजिव गुर्बाचार्यले जीवन बीमा व्यवसायको बृहत तालिम र तालिम तथा विकास विभाग प्रमुख उत्तम आचार्यले एजेन्सी संरचनासम्बन्धी तालिम प्रदान गरेका थिए।
अध्यक्ष भट्टराईले अभिकर्ताहरूको सीप, लगनशीलता र सकारात्मक व्यवसायिक दृष्टिकोणकै कारण सूर्यज्योति निरन्तर सफल हुँदै गएको बताए। उनले अभिकर्ताहरूको क्षमता अभिवृद्धिमा कम्पनी निरन्तर क्रियाशील रहेको स्पष्ट गरे।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई जीवन बीमा क्षेत्रमा अग्रणी बनाउन तीन मूलमन्त्र—अभिकर्ताहरूले आफ्नो टिम विस्तार गर्नु, कर्मचारीहरूले उत्कृष्ट सेवा प्रदान गर्नु र कम्पनीले बीमितमा विश्वास निर्माण गर्नु—अवलम्बन गर्नुपर्ने बताए।
उनले प्रविधिमैत्री सेवा विस्तार अन्तर्गत कम्पनीले ल्याएको ‘सूर्यज्योति मोबाइल एप’ अभिकर्ता र बीमित दुवैका लागि उपयोगी भएको पनि जानकारी गराए।