Global_Ime

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पायो, रेशम चौधरी तटस्थ


बिजखबर संवाददाता
26 July, 2021 5:45 pm

jasapa

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि सोमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरिएको हो ।

Yamaha

५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा र १६ जनाले महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेको आयोगले जानकारी दिएको छ । सनाखतकै लागि जेलबाट निर्वाचन आयोग लगिएका जसपा कार्यकारिणी सदस्य रेसम चौधरी भने तटस्थ बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom