GBIME

इक्यानले भन्यो–वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग होस


बिजखबर संवाददाता
14 July, 2021 10:30 am

ecan nepal

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

Bajaj
Nabil
Yamaha

वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले शिक्षा सेवा शुल्कवापत रकम बुझाउँदै आएका छन् ।

नेपाल सरकारले आव २०७८÷७९ को बजेटमा विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क बुझाइसकेका तर विविध कारणबाट यात्रा नगरेका विद्यार्थीको हकमा उनीहरुले शिक्षा सेवा शुल्कवापत बुझाएको रकम फिर्ता पाउने घोषणा गरेको छ ।

sarbottam

आगामी साउन १ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा आउन लागेकामा आफूहरु खुशी भएको इक्यानका महासचिव दीपकराज भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom