Logo

त्रिवि शिक्षण अस्पतालमा आजदेखि पोष्ट कोभिडको उपचार सेवा, यस्ता छन् उपलब्ध हुने सुविधा

त्रिवि शिक्षण अस्पतालमा आजदेखि पोष्ट कोभिडको उपचार सेवा, यस्ता छन् उपलब्ध हुने सुविधा



काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आजदेखि हरेक आइतबार पोष्ट कोभिडको उपचार सेवा सञ्चालन गरेको छ ।

अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पातलको पल्मोनोलोजी ओपीडीमा हरेक आइतबार अपराह्न २ बजे पोष्ट कोभिड उपचार सेवा सञ्चालन हुने जनाएको हो ।

नेपालमा दोस्रो लहरपछि निको भएका धेरै बिरामीहरुमा जीउ दुख्ने, छिटो थकान लाग्ने, निन्द्रा नलाग्ने, रक्तचाप बढ्ने, श्वासप्रश्वास बढ्ने, डिप्रेसनदेखि म्युकरमाइकोसिस लगायतका समस्या देखा परेका छन् ।

यो अवस्थालाई दृष्टिगत गरी कोभिड – १९ संक्रमणबाट निको भएपछि स्वास्थ्यमा देखिएका समस्यालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL