GBIME

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना, जवाफ नदिए जग्गा सरकारको नाममा (सूचनासहित)


बिजखबर संवाददाता
6 June, 2021 10:02 am

lalita-niwas

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बहुचर्चिित बालुवाटार जग्गा प्रकरणमा संलग्न मध्ये ४९ जनाका नाममा सूचना प्रकाशन गरेको छ ।

Bajaj
NABIL
YAMAHA

बालुवाटारस्थित ललिता निवास क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध कार्यालयले २१ दिने सूचना जारी गरेको हो ।

कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

sarbottam

विस २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्

MBL