Logo

देशभरका शिक्षण सस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

देशभरका शिक्षण सस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले देशभरकार विद्यालयहरु आगामी ४ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले सोमबार देशभरका शिक्षणसंस्था ४ दिन बन्द गर्ने निर्णय गरेको हो ।

laxmi

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श लिएका थिए। लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताए । बैठकले आज सोमबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL