Logo

प्रभु लाइफले इन्सुरेन्सको आइपीओ मंसिर २९ बाट खुल्ने, सर्वसाधारणका लागि ५४ लाख कित्ता

प्रभु लाइफले इन्सुरेन्सको आइपीओ मंसिर २९ बाट खुल्ने, सर्वसाधारणका लागि ५४ लाख कित्ता



काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले मंसिर २९ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

laxmi

बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म भर्न सकिनेछ ।

प्रभु लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL