Logo

५ महिनामा पौने ४३ अर्बको सेयर सूचीकृत, साढे १४ अर्बको सेयर जारी गर्न धितोपत्र बोर्डको अनुमति

५ महिनामा पौने ४३ अर्बको सेयर सूचीकृत, साढे १४ अर्बको सेयर जारी गर्न धितोपत्र बोर्डको अनुमति



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ५ महिनामा पौने ४३ अर्ब रुपैयाँ बराबरको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सो अबधिमा डिबेञ्चर, साधारण सेयर, बोनस सेयर, म्यचुअल फण्ड र हकप्रद सेयर गरी कुल ४२ अर्ब ६७ करोड रुपैयाँको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सो अबधिमा सबैभन्दा बढी १० अर्ब ९४ करोड बराबरको डिबेञ्चर नेप्सेमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा डिबेञ्चर चारी गर्नुपर्ने व्यवस्था गरेसँगै ५ महिनामा करिव ११ अर्ब रुपैयाँको डिबेञ्चर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिर महिनासम्ममा १० अर्ब ५२ करोड रुपैयाँ बराबरको साधारण सेयर १० अर्ब ३४ करोड बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यसैगरी ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको म्युचअल फण्ड,१ अर्ब ५६ करोड रुपैयाँको बराबरको हकप्रद सेयर, र ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको अन्य सेयर नेप्सेमा सूचीकृत भएका छन् ।

सो अधिमा नेपाल धितोपत्र बोर्डले १४ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको छ । जसमा सबैभन्दा बढी डिबेञ्भर रहेको छ । ५ महिनाको अबधिमा बैंकहरुले कुल ११ अर्ब ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर जारी गर्न बोर्डबाट अनुमति लिएका छन् ।

यस्तै बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई १ अर्ब ७० करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्बको म्युचुअल फण्ड र ३३ करोडको साधारण सेयर निष्काशन गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL