Logo

इन्स्यारेन्समा लगानीकर्ता झुम्मिदा नेप्सेमा साँढेको ‘डबल जम्प’ कायमै, कारोबार रकम पौने अर्बमाथि

इन्स्यारेन्समा लगानीकर्ता झुम्मिदा नेप्सेमा साँढेको ‘डबल जम्प’ कायमै, कारोबार रकम पौने अर्बमाथि



काठमाडौं । हप्ताको सुरुदेखि नै दोहोरो अंकमा दौडन सुरु गरेको नेप्से परिसूकले साताको अन्तिम दिन पनि निरन्तरता पाएको छ । बिहीबार लगानीकर्ताहरुको इन्स्योरेन्स कम्पनीमा आकर्षण बढ्दा नेप्सेमा साँढेले डबल जम्प हानेको हो । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक अन्तिम समयमा ११ दशमलव १७ अंकले बढ्न पुगेको छ ।

laxmi

लामो समयदेखि घटेको बजारमा लगानीकर्ताहरु बजारप्रति केही आकर्षण बढेको एक लगानीकर्ताले जानकारी दिए । ‘बजार लामो समय ओरालो लाग्दा लगानीकर्तामा नैराश्यता छाएको थियो,’ ती लगानीकर्ताले भने, ‘यो हप्ता सुरुदेखि नै नेप्से परिसुचक र कारोबार रकममा वृद्धि भएको छ तर कति समयसम्म टिक्छ भन्ने मुख्य प्रश्न हो ।’

नेप्सेमा सबैभन्दा बढी बैंकिङ समूहको प्रभुत्व रहेको छ । तर, बिहीबार इन्स्योरेन्स समुहको परिसूचक बढ्दा कारोबार रकमका साथै परिसूचक भने दोहोरो अंकमा बढ्न पुगेको छ । बिहीबार निर्जीवन बीमा समूहको परिसूचक ३३२ अंकले बढ्दा जीवन बीमा समूहको परिसूचक २७८ अंकले उकालो लागेको छ । तर बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचक भने २ दशमलव ८२ अंकले मात्र बढ्न पुगेको छ ।

यसैगरी बढी कारोबार हुने १० कम्पनीमध्ये ५ वटामा बीमा कम्पनी रहेको छ । दिनभर सबैभन्दा बढि कारोबार स्वावलम्बन लघुवित्तीय वित्त संस्थाको संस्थापक सेयरको भएको छ । लामो समयपछि बजारमा कारोबार रकम बढेर ७६ करोड रुपैयाँ माथि पुगेको छ । जसमा १६८ कम्पनीको २१ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL