Logo

शिवम् होल्डिङ्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

शिवम् होल्डिङ्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल



काठमाडौँ, १५ मङ्सिर : शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत लगानी रहेको उक्त कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

laxmi

कम्पनीले जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने १०० रुपैयाँ अंकित दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्बसाधारणका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीका सञ्चालक तथा अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुसार कम्पनीले सर्बसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

कम्पनीको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँमध्ये संस्थापकतर्फ ८० प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड रुपैयाँ र सर्बसाधारणतर्फ १ अर्ब १६ करोड रुपैयाँ सेयरपूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL