Logo

माया खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला, १९ लाख ९२ हजार कित्ता सर्वसाधारणका लागि

माया खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला, १९ लाख ९२ हजार कित्ता सर्वसाधारणका लागि



काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आज माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बरारबको सेयर सर्वसाधारण लगानीकर्ताकाहरुका लागि बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता सेयर आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता बाँडफाँट गरिसकेको छ । त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ १७ गतेसम्म र ढिलोमा २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL