Logo

पुँजी वृद्धि र नयाँ ब्रोकर रोक्न संगठित हुँदै ब्रोकर, ५० ओटै ब्रोकर प्रमुख पुगे धितोपत्र बोर्ड

पुँजी वृद्धि र नयाँ ब्रोकर रोक्न संगठित हुँदै ब्रोकर, ५० ओटै ब्रोकर प्रमुख पुगे धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकरको संख्या थपका साथै पूँजी वृद्धिको प्रस्ताव गरेसँगै हाल संचालनमा रहेका ब्रोकर कम्पनीहरुको दौडधुप सुरु भएको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ मा संसोधन गर्ने मस्यौदालाई स्वीकृत गरेसँगै नयाँ ब्रोकर लाईसेन्सका लागि बाटो खुल्नुका साथै न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुुनुपर्ने व्यवस्था छ ।

laxmi

तर हाल २ करोड चुक्ता पुँजी राखेर अर्बौंको कारोबार गर्दै करोडौ रुपैयाँ कमाउँदै आएका ब्रोकर कम्पनीहरुले अहिले उक्त मस्यौदालाई रोक्न दौडधुपमा लागेका हुन् । उक्त मस्यौदालाई रोक्न प्रधानमन्त्री कार्यलयसम्म पुगिसकेका ब्रोकर कम्पनीका संचालकहरु आज (सोमबार) धितोपत्र बोर्ड पुगेका छन् ।

हाल ब्रोकर कम्पनीका संचालकहरु बोर्डमा आईपुगेको र केही समयमै छलफल हुने बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । ‘ब्रोकरका संचालकहरु बोर्डमा आईपुग्नु भएको छ, म पनि भर्खर आईपुगेको छु’ उनले भने, ‘उहाँहरु केका लागि आउनु भएको हो छलफल पछि थाहा होला ।’

तर ब्रोकरहरु भने नयाँ व्यवस्थाले आफुहरु धराशयी हुनेभन्दै उक्त व्यवस्था रोख्न संगठित भएका लागेका छन् । नयाँ व्यवस्था अनुसार ३ तहको ब्रोकर हुनेछ । जसका सामान्य सेयर खरिद बिक्री गर्नका लागि पनि न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी चाहिने छ भने हाल ब्रोकरले गर्दै आएको डिपीसहित पुर्ण सुविधा दिन ६० करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL