Logo

गभर्नरप्रति अर्थमन्त्रीको कटाक्ष, मौद्रिक नीतिले पुँजीबजारमा समस्या देखियो अब समाधान गर्नुपर्छ

गभर्नरप्रति अर्थमन्त्रीको कटाक्ष, मौद्रिक नीतिले पुँजीबजारमा समस्या देखियो अब समाधान गर्नुपर्छ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका कारण पूँजीबजारमा समस्या देखिएको आरोप लगाएका छन् । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति लक्षित गर्दै मौद्रिक नीतिका कारण सेयर बजारमा समस्या उत्पन्न भएको बताएका हुन् । ‘अबका दिनमा मौद्रिक नीतिमा देखिएका समस्या सम्बोधन गरेर पूँजीबजारको बिकास गर्नु पर्छ,’ धितोपत्र बोर्डको ३० औं वार्षिकोत्समा उनले भने ।

laxmi

हाल अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा आएको व्यवस्थाको कारण पुँजी बजारमा समस्या आएको बताएका पनि तत्कालिन समयमा अर्थमन्त्री शर्मा स्वयमलेनै सेयर धितोमा प्रबाह हुने कर्जा अनुत्पादक क्षेत्रमा गएको भन्दै मौद्रिक नीतिमार्फत कडाई गर्न राष्ट्र बैंकलाई निर्देशन दिएका थिए । सोही अनुरुपनै राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा तोकिएको जानकारी दिएको थियो ।

साथै अर्थमन्त्री शर्माले राष्ट्र बैंक र धितोपत्र बोर्डप्रति लक्षित गर्दै नियमनकारी निकायले निकायले स्वायत्ता मात्रै माग्ने गरेको तर सोही अनुरुप जवाफदेही नभएको आरोप लगाएका छन् । ‘अहिले राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समितिलगायत सबै नियमनकारी निकाय स्वायत्त छन्,’ उनले भने, ‘तर स्वायत्तता सहितको जवाफदेहिता भएन ।’

कार्यक्रममा उनले नेपालको पुँजीबजारलाई अन्तरराष्ट्रिय प्रविधि मैत्री बनाउनु पर्ने भन्दै सोका लागि धेरै काम गर्नु बाकीँ रहेको बताए । ‘लगानीकर्ताको हित संरक्षण गर्न पुर्वाधार, प्रबिधि र जनशक्तिको विकास जरूरी,’ उनले भने, ‘बजारको सुधारको लागि छिटोभन्दा छिटो प्रविधि भित्र्याउनुस अर्थमन्त्रालयले आवश्यक बजेट दिन्छ ।’

बजारमा धितोपत्र तथा पुँजीबजार सम्बन्धी जनचेतनाको अभाव र अज्ञानतामा लगानीकर्ता प्रवेश गर्दा समस्या परेको भन्दै सो सम्बन्धी जनचेतना फैल्याउनुका साथै कारोवारमा देखिएको समस्यालाई समेत विश्वसनीय बनाउनुपर्ने अर्थमन्त्रीको भनाई थियो ।

साथै बुकविल्डिङ प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने भन्दै ईन्साईडर ट्रेडिङ र पम्प एण्ड डम्पलाई समेत सोही अनुरुप रोक्नु पर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL