Logo

वियरिस ट्रेण्डमा सेयर बजार, नेप्से परिसुचक २३२० मा झर्दा कारोबार डेढ अर्ब पनि पुगेन

वियरिस ट्रेण्डमा सेयर बजार, नेप्से परिसुचक २३२० मा झर्दा कारोबार डेढ अर्ब पनि पुगेन



काठमाडौं । लामो समयदेखि ओरालो यात्रा तय गरेको नेप्से परिसुचकले अन्तत वियरिस ट्रेण्ड समातेको छ । पछिल्लो समय कतिपय लगानीकर्ताले नेप्सेमा भएको गिरावटलाई करेक्सन बन्दै आएपनि वास्तविकतामा वियरिस ट्रेण्ड समातेको एक ठूला लगानीकर्ताले जानकारी दिए । ‘

laxmi

यदि नेप्सेले करेक्सन खोजेको थियो भने कुनै न कुनै सकारात्मक कुरा बाहिर आउँदा नेप्से बढ्थ्यो भने यति धेरै अंकले गिरावट पनि आउँदैन्थ्यो,’ ती लगानीकर्ताले भने, ‘अहिले त न चुनावी मिति घोषणा हुँदा बढ्यो न त अन्य कुनै सकारात्मक पक्षले ।’

वियरिस ट्रेन्ड समातोको बजारमा बुधबार पनि ३६.७३ अंकको गिरावट आएको छ । जसमा सबै उपसुमहहरुमा उच्च गिरावट आएको छ । बुधबार बजारमा सबैभन्दा बढी फाईनान्स समुहको परिसुचक ३.८२ प्रशितले घट्दा अतिरिक्त ३ प्रतिशत, विकास बैंक २.२५ र जलविद्युत समुहको परिसुचक २.१२ प्रतिशतले घट्न पुगेको छ ।

घट्दो बजारलाई पछिल्लो समय कारोबार रकमले समेत साथ छाडेको छ । कुनै समय दैनिक २२ अर्ब रुपैयाँ बारबरको सेयर कारोबार हुन थालेको बजारमा बुधबार १ अर्ब ४५ करोड रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ । जसमा २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL