Logo

बुद्धनगर एग्रो फार्मले आइपिओ जारी गर्ने, ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई

बुद्धनगर एग्रो फार्मले आइपिओ जारी गर्ने, ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई



काठमाडौँ । रुपन्देहीस्थित बुद्धनगर एग्रो फार्म लिमिटेडले १०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ ।

laxmi

उक्त आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक गर्न एनआईसी एशिया क्यापिटल र बुद्धनगर एग्रो फार्म बीच दुई पक्षिय सम्झौता भएको छ । आइपिओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।

एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपिओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपियो जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आइपिओ जारी गर्ने व्यवस्था एनआईसी एशिया क्यापिटलले मिलाएको छ ।

क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षेमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षिय सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL