Logo

टक्सार पिखुवाखोला हाइड्रोको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

टक्सार पिखुवाखोला हाइड्रोको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल



काठमाडौँ । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आफ्नो सेयर सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

laxmi

नियुक्ती सम्बन्धी सम्झौता आइतबार सम्पन्न भएको कम्पनीले जनाएको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडका कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी वैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत् बिक्री गरिरहेकोे छ ।

कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने रु. ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL