Logo

ग्रीन भेन्चर्सको आईपीओमा आवेदनका लागि आज अन्तिम दिन, बैंकिङ समयसम्म मात्र आवेदन मान्य हुने

ग्रीन भेन्चर्सको आईपीओमा आवेदनका लागि आज अन्तिम दिन, बैंकिङ समयसम्म मात्र आवेदन मान्य हुने



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने चैत ११ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओका लागि आजसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This